२०८० आश्विन १४, आईतबार
दयाराम आचार्य ।
डण्डा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान (बामदेव निकट )नवलपुरको शुक्रबार डण्डामा भएको भेलाले ५७ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । अभियानका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नम्बर २ का इन्चार्ज पूर्ण प्रकाश विश्वकर्माको अध्यक्षतामा भएको भेलाले ५७ सदस्यीय जिल्ला कमिट घोषणा गरेको हो ।
भेलाले दिनेश भुषालको संयोजकत्वमा ५७ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको केन्द्रिय कार्य सम्पादन समिती सदस्य एवं नवलपुर जिल्ला ईन्चार्ज दुर्गा भण्डारीले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान नवलपुरको सचिवमा अर्जुन कुमार श्रेष्ठ , सह सचिवमा कृष्ण नेपाली, कोषाध्यक्षमा अर्जुन बस्ताकोटी चयन हुनुभएको छ ।
जिल्ला कमिटी घोषण कार्यक्रममा बोल्दै केन्द्रिय कार्य सम्पादन समिती सदस्य एवं नवलपुर जिल्ला इन्चार्ज दुर्गा भण्डारीले पार्टी जुन प्रकारले विघटन हुने दिशामा गयो यसको अत्य हुनुपर्ने बताउनुभयो । पार्टी बिभाजन गर्ने छुट कसैलाई नभएको र पुन एक बनाएर लैजानुपर्ने प्रमुख अतिथी समेत रहुन भएका जिल्ला इन्चार्ज भण्डारीले बताउनुभयो । पार्टी बिभाजन आम जनता, कार्यकर्ता र देशको हितमा नभएको भन्दै यसले कम्युनिष्ट आन्दोलनलाई २० वर्ष पछी धकल्ने हुँदा पुनः पार्टी एक बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कावासोती नगर कमिटी संयोजक चन्द्रराज भुर्तेल, नगर कमिटी कावासोती इन्चार्ज एव केन्द्रिय सदस्य बागवीर सुनार, जिल्ला सह ईन्चाज दिपक चन्द्र बस्ताकोटी , क्षेत्र नम्बर १ (क) का इन्चार्ज एव केन्द्रिय सदस्य यदुनाथ सिग्देल लगाएतले सम्बोधन गर्दै पार्टी एक बनाएर जानुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन नवलपुर क्षेत्र नम्बर २ (क) का इन्चार्ज चेत प्रसाद शर्माले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |