२०८० आश्विन १२, शुक्रबार
ज्ञानु पंगेनी ।
कावासोती । अब देशमा धर्मको राजनिती हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
कावासोती नगरपालिका ३ स्थित गौशालामा शुक्रबार नेपाल सनातम धर्म संस्कृती संगठन , नवलपुरको आयोजनामा भएको अन्तरकृयामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
अब बाहिर बसेर नभई सदनभित्र गएर आन्दोलन गर्ने वेला आएको वक्ताहरुको भनाई थियो । अब साधकहरु यो देश बनाउन एक ढिक्का भएर लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
नेपाल सनातम धर्म संस्कृती संगठनका केन्द्रिय अध्यक्ष योगी श्री पुष्पराज पुरुष , युवासन्त श्री श्रीनिवासाचार्य , सचिवालय संयोजक उपेन्द्र विक्रम पुरुष , वाग्मती प्रदेश संयोजक दिपक महाराज आत्रेय लगायतका व्यक्तित्वहरुले बोल्दै हिन्दु राष्ट्रको अस्तित्व मासिएको हुँदा अब युवा पुस्ताहरुले धर्म संस्कृती र राष्ट्रको संरक्षणमा लाग्न आवश्यक रहेको बताएका हुन् । अब देशमा नैतिकवान नेतृत्वको आवश्यकता भएको भन्दै त्यागी , जोगी , योगी , सन्त र साधकले देशको नेतृत्व लिन आवश्यक रहेकोमा जोड दिईएको थियो ।
यसै अभियानमा संगठन लागेको बताईएको थियो । कतिपय साधु सन्तहरुले समेत धर्म छाडेको आरोप लगाउँदै , आश्रम बनाउन र विद्यार्थी पढाउन आर्थिक सहयोग पाएमा धर्म रक्षाका लागि बोल्न छाड्ने र नैतिकता नभएका व्यक्तीलाई समेत साथ लिने गरेको पाएकाले त्यस्ता सन्त र गुरुहरुलाई वहिष्कार गर्न समेत सक्नुपर्ने बताएका थिए ।
कार्यक्रम नेपाल सनातम धर्म संस्कृती संगठन , नवलपुरका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षता तथा नेपाल सनातम धर्म संस्कृती संगठनका केन्द्रिय अध्यक्ष योगी श्री पुष्पराज पुरुषको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश संयोजक सिता बस्यालले स्वागत मन्त्व्य राख्नुभएको थियो भने गुणाखर काफ्लेले सहजीकरण गर्नुभएको थियो
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |