२०७९ अषाढ १५, बुधबार
सिमा लामिछाने ,कावासोती ।
यी साना साना मन भित्र पनि,
कसरि गुम्सिएर बस्न सक्छन् होला,
यति ठूला ठूला गाथाहरु,
यदा कदा लुकीछिपी बाहिर निस्के भने पनि,
गिल्ला गर्छ यी शहरका भान्साहरु,
कस्तो अप्ठ्यारो,
न पोखिन सक्छ,
न समेटी राख्न,
यी स्थिर सादा मनहरु भित्र पनि,
कसरी सास फेरीरहन सक्छन् आशाहरु,
यी सकसहरु कसैको काँधमा अडिएर
एक निमेष निदाउन चाहे भने,
कसरी अपवित्र बन्छ,
यी निष्पाप साइनोहरु,
यी कमजोर हातहरु डराउँछन्,
थाम्न संवेदनाका औंलाहरु,
एउटा सरल मितेरी भित्र पनि,
कसरी लागिरहन सक्छ सयौं दागहरु,
मञ्जुर छ अब यी आँधीहरु,
अटाउन हरदम कोशिश गरिरहनेछ मनहरु,
तर कसैको असुविधाको चिन्ता गरेर,
यी मन देख्न छाड्ने छैनन् सपनाहरु,
तिम्रो भान्साको पकवान नुनिलो पार्दा पार्दै,
थाकिसकें कयौं स्वाभिमानहरु,
यी कि पोखिन्छन् उम्लिएर,
कि विलाउछन् गुम्सिएर,
मलाई स्वतन्त्र हुनु छ,
मिस्सिनु छ महासागरमा पोखिएर ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |