२०७९ अषाढ १५, बुधबार
कावासोती । नवलपुरमा सुन्तला जात फलफूलको नर्सरी सफल भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला जात फलफूल– जोन कार्यक्रम अन्तरगत स्थापना भएका नर्सरीबाट बिरुवा उत्पादन सुरु भएको छ । परियोजना अन्तरगत तीन स्थानीय तहमा एक÷एक वटा गरेर तीन ठाउँमा नर्सरी स्थापना गरिएको छ । मध्यबिन्दु नगरपालिका – ८ रानीटार , बौदीकाली –६ नेवारवारी र बुलिङटार गाउँपालिकामा नर्सरी स्थापना भएको हो । यी नर्सरीबाट यो वर्षको उत्पादन बिक्री समेत सुरु भएको छ ।
दुई वर्ष अघि सम्म जिल्लाका लागि बिरुवा अन्यत्र जिल्लाबाट ल्याउनुपर्ने बाध्यता थियो । तर, गत वर्षबाट जिल्लाभित्रकै नर्सरीमा बिरुवा उत्पादन हुन थालेको छ । गत वर्षको तुलनामा यस वर्ष अझै बढी बिरुवा उत्पादन भएको छ । बाहिरबाट ल्याउनुपर्ने बिरुवाको दर घटेको छ ।
मध्यबिन्दुमा रहेको रानीटार कृषि फर्ममा अहिले सुन कागती १ को ८ हजार बिरुवा उत्पादन भएको छ । भने , बौदीकालीको सफल कृषि फर्ममा सुन्तला र कागतीको २२ सय बिरुवा र बुलिङटारको गेलाङ फलफूल तथा पशु नर्सरीमा सुन्तला २५ सय र कागती ११ हजार बिरुवा उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण , परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । यी तीन वटा नर्सरीमा गरेर २० हजार बढी वितरण योग्य बिरुवा उत्पादन भएको शर्माले बताउनुभयो । शर्माका अनुसार यी तीन वटा नर्सरीमा उत्पादन भएको बिरुवाको संख्या करिब ४० हजार छन् । रानीटारमा ८ हजार सफलमा २० हजार र गेलाङमा २१ हजार बिरुवा उत्पादन भएको छ । तर, वितरण गर्न ( रोप्न ) योग्य बिरुवा २० हजार भन्दा केही बढी छ । आँउदो वर्ष सबै बिरुवा वितरण योग् हुने उहाँले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख शर्माले दिनुभएको जानकारी अनुसार परियोजना अन्तरगत जिल्लामा ४० हजार बिरुवा वितरण वर्षेनी आवश्यक पर्छ । अघिल्ला वर्षहरूमा यी सबै बिरुवा अन्यत्र जिल्लाबाट आयात गर्नुपरेको थियो । तर अहिले २० हजार बढी बिरुवा जिल्लामा नै उत्पादन भएको छ । किसानले जाली घर भित्र (कलमी) को बिरुवा १२५ र बीजु बिरुवालाई ४० रुपैयाँ प्रति गोटामा बिक्री गरेका छन् । जोन कार्यक्रम अन्तरगत किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिदै आइएको छ ।
नर्सरी कार्यक्रम प्रभावकारी भएको शर्माले बताउनुभयो । परियोजनाको ठूलो उपलब्धीका रुपमा नर्सरी कार्यक्रम रहेको उहाँको भनाई छ । नर्सरी स्थापनामा परियोजनाले ८५ प्रतिशत अनुदान र किसानको १५ प्रतिशत लगानी लागेको छ ।
जिल्लामा नै बिरुवा उत्पादन भएपछि बिरुवा ल्याँउदा हुने समस्यामा धेरै हदसम्म समाधान भएको छ । बाहिरबाट ल्याउँदा महङ्गो पर्ने , बिरुवा मर्ने लगायतका समस्या हुँदै आएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |