२०७९ अषाढ १५, बुधबार
कावासोती । नेपाल रेडक्रस सोसाइटी कावासोती उप शाखाद्धारा सञ्चालित नवलपुर रक्तसञ्चार सेवाका लागि रक्तसञ्चार भ्यान हस्तान्तरण गरिएको छ । नेपाल हिल्फे बाइलंग्रिस इभि जर्मनीबाट रक्तसञ्चार केन्द्रका लागि भ्यान हस्तान्तरण गरिएको हो । आज नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका सभापति बेदप्रसाद न्यौपानेको अध्यक्षता , कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा नगर प्रमुख र नेपाल हिल्फेका प्रतिनिधिले रक्तसञ्चार केन्द्रका लागि भ्यानको साँचो सभापति न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो । ९० लाखको लागतको भ्यान रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
रक्तसञ्चार केन्द्रका लागि गाडी प्राप्त भएसँगै रक्तदान कार्यक्रममा प्राविधिक सहितको टोली पठाउन, संकलन भएका रगत ओसारपसार गर्न , आकस्मिक रुपमा भरतपुर लगायतका ठाउँमा रगतको आवश्यकता भएको रगत पठाउन सहजता हुने उपशाखाका सभापति बेदप्रसाद न्यौपानेले बताउनुभयो ।
यस अघि एम्बुलेन्सको प्रयोग गरि रक्तदान कार्यक्रममा प्राविधिक पठाउने र अन्य कार्य गर्दै आएकोमा अब आफ्नै सवारी हुँदा सहजता हुने सभापति न्यौपानेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |