२०७९ अषाढ १५, बुधबार
कावासाेती। कृषि र किसानका न्युनतम आवश्यकताका समाग्रीहरु र रासायनिक मलको अभाव तथा मूल्य वृद्धि नियन्त्रण लगायतका माग राख्दै अखिल नेपाल किसान महासंघ नवलपुरले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र पेश गरेकाे छ ।
इन्धनमा चरम मुल्य वृद्धी कृषि भुमिमा यान्त्रिक (ट्रयाक्टर) उपभोगमा समस्या, तथा ढुवानीमा समस्या जस्ता समस्या समाधानकाे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका सरोकार वाला पक्ष प्रधानमन्त्रिको कार्यालय, कृषि मन्त्रालय, साल्ट ट्रेनिङ कर्पोरेशन र कृषि सामाग्री लिमिटेडलाई ध्यान आकर्षण गराईएकाे जिल्ला अध्यक्ष पूर्ण प्रसाद सुवेदीकाे नेतृत्वमा ज्ञापनपत्र बुझाईएकाे हाे ।
गठबन्धन सरकार आए संगै दिन दुगुना रात चौगुना मुल्य वृद्धि हुदा सम्पुर्ण नेपालि जनता, किसान, श्रमजिवि, निरपेक्ष गरिवि रेखामुनी रहेका जनताहरुको ढाड सेकिएको भन्दै ज्ञापनपत्र मार्फत यी समस्या समाधानका लागि माग गरिएको छ।
प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको ज्ञापनपत्रमा अव्यवस्थित रुपमा बसोबास गरेका किसानहरुलाई निजको जोत-भोगको आधारमा अविलम्व जग्गा धनि प्रमाण पुर्जा उपलब्ध गराउन, मुल्य वृद्धि फिर्ता गर्न,रासायनिक मल, विउ विजन सर्व सुलभ मुल्यमा समयमै उपलब्ध गराउन । विग्रेका भत्केका सिचाईका संयन्त्रहरु चुस्त दुरुस्त पार्न, विषाधीयुक्त तरकारी फलफुल आदि वस्तुहरुको आयातमा तत्काल प्रतिबन्ध लगाउन, कृषि उद्यमीहरु र किसानलाई लक्षित गरि कृषि बिकास बैंक मार्फत सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन ,लक्षित किसानलाई मात्र कृषि ऋण उपलब्ध गराई सम्बन्धित निकायबाट नियमित अनुगमन गर्न, प्रत्येक पशुपालक कृषि फर्म र किसानका लागि भेटेनरी प्राविधिकको व्यवस्था गरि समस्या पहिचान गर्दै समस्याको निराकरण गर्न,कृषि उपजहरुको बजारको उचित व्यवस्थापन गर्न, पालिकाका प्रत्येक वडाहरुमा उत्पादन क्षमताको आधारमा कोल्ड स्टोरको व्यवस्थापन र कृषक परिचय पत्र तथा कृषक पेन्सन योजना तत्काल लागु गर्न माग गरिएको छ ।
उल्लेखित मागहरु सम्बाेधन नभए आफुहरु चरणबद्ध आन्दोलनमा जान बाध्य हुने किसानहरुले बताएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकार सुमन घिमिरेले ज्ञापनपत्र सम्बन्धित सराेकारवाला समक्ष पुर्याउने बताउनुभएकाे थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |