२०७९ अषाढ १५, बुधबार
हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।
अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौं–धनगडीमा ४ सय ४५ र काठमाडौं–सिमरामा न्यूनतम ९० रुपैयाँ रहेको छ । काठमाडौं–माउन्टेन फ्लाइटको ३४० रुपैयाँ, काठमाडौं–भद्रपुरको ३०० रुपैयाँ, काठमाडौं–विराटनगरको २४० रुपैयाँ, काठमाडौं–जनकपुरको १३० रुपैयाँ, काठमाडौं–भरतपुर ११० रुपैयाँ भाडा वृद्धि भएको छ ।
काठमाडौं–पोखराको १६० रुपैयाँ, काठमाडौं–भैरहवाको २०५ रुपैयाँ, काठमाडौं–नेपालगञ्जको ३२५ रुपैयाँ, काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाडौं–तुम्लिङटारको १८५ रुपैयाँ, काठमाडौं–सिमराको ९० रुपैयाँ भाडा वृद्धि भएको छ । स्वचालित प्रणाली अनुसार वृद्धि गरिएको (फ्यूल सरचार्ज) अनुसार हवाई भाडा वृद्धि गरेको संघले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |