• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

५ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

६ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१४ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

नवलपुर प्रेस २६५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ९, सोमबार (१ महिना अघि)

काठमाडौं । कोरोना भाइरसको महामारी नसकिँदै विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइरसको बढ्दो संक्रमणले धेरैको ध्यान तानेको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ ।

‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा संक्रमण पुष्टि भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ ।

चिकित्सकहरुका अनुसार यो भाइरस संक्रमणको स्रोत यकीन भएको छैन । मंकीपक्स संक्रमितको सम्पर्कमा नरहेकाहरुमा पनि संक्रमण भेटिएको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुले आंकलन गरेका छन् ।

नेपालका संक्रामक रोग विशेषज्ञहरु उक्त भाइरसले स्वरुप परिवर्तन गरेको आंकलन गर्दै कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने अनुमान गर्छन् ।

पछिल्लो समय देखिएको मंकीपक्स भाइरस विश्वव्यापी लहरकै रुपमा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् । संक्रमित व्यक्तिको सम्पर्कमै नभएकाहरूमा पनि देखिएकाले यसको संक्रमण कसरी फैलिरहेको छ भन्ने चिन्ताको बिषय बनेको डा. पुनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै मंकीपक्स भाइरस असामान्य र गैरस्थानिक बनेर फैलिएको जनाएको छ । ‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।

‘मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्न सक्दछ । हाल बेलायतमा देखिएका ‘मंकीपक्स’ संक्रमितमध्ये कतिपय गे, बाई सेक्सुअलहरु पनि छन् । जसले संक्रमण कसरी फैलिरहेको छ भन्ने बहस जन्माएको छ,’ डा. पुनले भने ।

डब्लयूएचओका अनुसार संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो भाइरसको संक्रमण छिटो फैलिन्छ र अधिकांश मानिसहरू केही हप्तामा निको हुन्छन् । भाइरस मानिसमा सजिलै सर्दैन र व्यापक जनसमुदाय जोखिममा पर्ने सम्भावना कम रहन्छ ।

अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रुपमा फैलनसक्ने खतरा पनि उत्तिकै रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । उनका अनुसार यो भाइरसका दुई प्रकार पहिचान भएका छन् । एक, मध्य अफ्रिकाको एउटा भेरियन्ट जसले रोगको बढी लक्षण देखाउँछ, र पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्ट जसले हल्का लक्षण मात्रै देखाउँछ ।

‘मध्य अफ्रिकाको भेरियन्टले १० प्रतिशत र पश्चिम अफ्रिकामा पाइने भरियन्टले २ देखि ३ प्रतिशत मृत्यु गराउने पाइन्छ’, डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘मध्य अफ्रिकाको भेरियन्टले कोरोना भन्दा तीन गुणा बढी मृत्यु गराउँछ ।’

तर, अहिले फैलिएको भेरियन्ट पश्चिम अफ्रिकामा पाइने भेरियन्ट (कम घातक ) चाहिँ हो । ‘यो भाइरस सामान्यता मानिसमा खुल्ला छाला र थुकको छिटाबाट सर्ने देखिएको छ । तर, युरोपतिरका केशहरु हेर्दा कहाँबाट स¥यो भन्ने पहिचान हुन सकेको छैन । भाइरसले सर्ने स्वरुप परिर्वतन गरेको हो कि भन्ने डर भइरहेको छ,’ उनी भन्छन् ।

चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन् । यी लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिबिराहरु देखिन थाल्छन् र ती चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ । ‘मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ । तर झन्डै दश संक्रमित मध्य एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन् ।

डा. पुन लामो समयसम्म मंकीपक्सका कारण घाउको दाग रहने हुँदा समाजिक विभेद भोग्नुपर्ने हुनसक्ने बताउँछन् ।

नेपाल कति जोखिममा ?

पछिल्लो समय हवाइ यातायातको सहज पहुँचले गर्दा युरोपका देशमा बढिरहेको उक्त भाइरस आगामी दिनहरुमा नेपालमा पनि नआउला भन्न नसकिने जनस्वास्थ्यविज्ञ बताउँछन् । संक्रमण पुष्टि भएका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको डा. पुनले बताए ।

अहिलेसम्म नेपालमा उक्त भाइरसको संक्रमणको शंका नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चुमनलाल दास बताउँछन् । ‘अहिलेसम्म मानिसबाट मानिसमा सरेको पाइएको छैन । तर, कपडाहरूबाट सर्छ भनिएको छ । नेपालमा हालसम्म देखिएको छैन । सरुवा रोग भएकाले सतर्कता अपनाउनुपर्नेमा हामी जानकार छौं,’ डा. दासले भने ।

मंकीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर, संक्रमणको रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिने जनस्वास्थ्यविद्हरु बताउँछन् । मंकीपक्स भाइरसको विरुद्ध बिफरको खोप प्रभावकारी हुने डा. अधिकारी बताउँछन् । मंकीपक्स भाइरसको विरुद्ध इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) नभएका कारण संक्रमण फैलिने डर भएको उनको तर्क छ । समाचार संस्था बिबिसीले बिफर र मंकीपक्को भाइरसमा निकै समानता रहेको र बिफर विरुद्धको खोपले ८५ प्रतिशत सुरक्षा दिने उल्लेख गरेको छ ।

‘बालबालिका लागि दिइने बिफरको खोप धेरै समय पहिला नै उन्मूलन भएकाले बन्द गरिएको थियो । जसले मंकीपक्स भाइरस र बिफरबाट नै जोगाउथ्यो’, डा. अधिकारीले भने, ‘अहिले बिफरको खोप नलाएकाले संसारभरका मानिस मंकीपक्स भाइरसबाट संक्रमित हुने देखिन्छ ।’

शरीरमा बिबिराहरु आउने हुँदा मंकीपक्स वा ठेउला के हो भनेर यकिन गर्न गाह्रो हुने डा. पुन बताउँछन् । यदि कोही व्यक्तिमा शरीरमा बिबिराहरु देखिएका छन्, संक्रमण फैलिरहेको देशबाट फर्किएको हो र शरीरमा बिबिराहरु देखिएको छ भने शंकाको घेरामा राख्नुपर्छ । थप प्रयोगशालामा परीक्षणमा पठाउनुपर्छ,’ डा. पुनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

  • सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

  • बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

  • ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ५ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ६ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १४ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution