२०७९ जेष्ठ १३, शुक्रबार
सृजना पौडेल
कावासोती । मानिसको व्यस्त जीवनशैलिको कारण सयमको महत्व बढ्दै गएसँगै छोटो र छिटो समयमा ग्राहकले सेवाखोज्न थालेका छन् ।
ग्राहकको चाहाना र आधुनिक सूचना तथा प्रविधिको प्रयोग मार्फत छिटोछरितो र घरमै सेवा पु¥याउने उदेश्यले FOODAPICk APP (फुडएपिक एप ) सञ्चालनमा आएको छ ।
नयाँ वर्षको अवसर पारेर बैशाख एक गतेदेखि कावासोती ३ मा FOODAPICk APP (फुडएपिक एप ) संचालनमा ल्याईएको हो । विशेष गरी नवलपुरका नागरिकहरुलाई यस एपको प्रयोग मार्फत आफ्नो दैनिक घरायसि किचन सामाग्री लगायतका सम्पूर्ण किराना सामानहरु उपलब्ध गराउने उदेश्यका साथ संचालनमा ल्याईएको एपका संचालकले बताउनुभयो ।
यो एफ एन्ड्रोईड मोबाईलको प्लेस्टोरमा गई डाउनलोड गर्न सकिन्छ र एप बाटै आफूलाई चाहिएको सामाग्री अनलाईन अडर गर्न सकिन्छ । त्यस्तै वेभसाइड www.foodapick.com र प्रत्यक्ष फोनको माध्यम बाट समेत सामानहरु अडर गर्न सकिन्छ ।
हालको सुरुवाती समयमा कावासोती नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाई सेवा प्रदान गर्ने र विस्तारै नवलपुर जिल्ला भरिनै आफ्नो सेवा विस्तार गर्ने सोच रहेको संचालकले बताउनु भयो । मोवाइल एप वा वेभसाइड बाट अर्डर भएपश्चात तुरुन्तै होम डेलिभरिको व्यस्था रहेको छ । हाल यस एप बाट किचन, किराना, बेकरी, ष्त्रिगयच ष्तझ,कस्मेटिक र फलफूल तथा तरकारी आईटम उपलब्ध रहेको छ ।
यस एपबाट सामान खरिद गर्दा सबै भन्दा बढी मासिक खरिद गर्ने खरिदकर्तालाई विशेष छुटको व्यवस्था गरिएको छ भने महिनामा सबै भन्दा बढी खरिद गर्ने पहिलो ८ जना लाई जंगल सफारीको प्याकेज रहेको छ । ग्राहकले सबै सामाहरु होलसेल दररेटमा आफ्नो घरमै प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै आफ्नो प्रोमो कोड प्रयोग गरी अरुको सामान अर्डर गरेबापत बोनस प्राप्त गर्न सक्नुहुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |