२०७९ जेष्ठ १३, शुक्रबार
कावासोती । काठमाण्डौमा नक्कली मह बिक्री वितरण गर्ने गरेको खुलासा भएपछि अहिले मह उपभोग गर्ने उपभोक्तामा कमी आएको छ ।
मह उत्पादनको राम्रो पहिचान बनाएको जिल्ला हो नवलपुर । यहाँको देवचुली र कावासोती नगरपालिकामा मौरी पालक किसानको संख्या बढी छ । त्यसबाहेकका अन्य पालिका गैंडाकोट , मध्यबिन्दुमा पनि मौरी पालक किसान प्रशस्तै छन् ।
काठमाण्डौमा भएको घटनाले उपभोक्ता सामु शुद्ध मह पु¥याइरहेका किसान समस्या परेका छन् । ठग्ने मनसायका केही व्यवसायीका कारण दिनरात मेहेनत गरेर इमानदार भएर मौरी पालन गरेका किसान पनि भागिदार बन्नुपर्दा निकै दुःख लागेको मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले बताउनुभयो ।आफू सहित नवलपुरका मौरी पालक किसानसँग मह खरीद गर्ने व्यापारीहरूले अहिले मह उपभोग गर्ने उपभोक्ताहरू कम भएको गुनासो गर्ने गरेको कँडेलको भनाई छ । उपभोक्ताहरूको विश्वास गुमेका कारण व्यापारीहरूले प्रमाणका रुपमा मह काढेकै ठाउँमा आएर फोटो भिडियो खिचेर उपभोक्तालाई देखाएर बेच्नु पर्ने बाध्यता आएको उहाँले बताउनुभयो ।
कँडेलले चरिचरणका लागि कावासोती १५ को अमलटारी क्षेत्रमा राख्नुभएको मौरी घारबाट शुक्रबार मह काढ्ने काम भएको थियो । मह काढ्दै गर्दा नै व्यापारीहरूले मह खरीद गरेर लगेका थिए । उपभोक्तालाई विश्वास दिलाउनका लागि फोटो भिडियो समेत उनीहरूले बनाएका थिए ।
नवलपुरमा उत्पादन भएको महमा कुनै पनि अखाद्य पदार्थ मिसावट नहुने किसान कँडेल बताउनुहुन्छ । उपभोक्ताको स्वास्थ्यमा कुनै पनि खेलवाड गर्नु हुँदैन भन्ने कुरालाई यहाँका मौरी पालक किसानले मनन गरेको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |