२०७९ जेष्ठ १२, बिहिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले किसान समूहलाई ट्याक्टर प्रदान गरेको छ ।
कावासोती १७ स्थित कन्हैया कृषक समूहलाई नगर प्रमुख चन्द्र कुमारी पुनले बिहीबार नगरपालिका परिसरमा ट्याक्टरको चाबी हस्तान्तरण गर्नुभएको हो । चाबी हस्तान्तरण गर्दै नगर प्रमुख पुनले उपलब्ध सामाग्रीको सही सदुपयोग गर्न किसान समूहलाई आग्रह गर्नुभयो । अनुदानमा पाएका सामाग्रीको संरक्षणमा चासो नदिने गरेको पाइएकाले त्यस्तो कुरा सुन्न नपरोस् भन्दै उहाँले सामाग्री बिग्रेमा बनाउन र दुरुपयोग नगर्न समेत अनुरोध गर्नुभयो ।
नगरपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक नगरसभापद्वारा बिनियोजन गरे अनुसार ट्याक्टर खरीद गर्न ६ लाख रुपैयाँ सहयोग गरेको वडा न. १७ का अध्यक्ष छविलाल महतोले बताउनुभयो । नगरको ६ लाख र किसानको ७ लाख ५० हजार रुपैयाँ लागत सहभागिता गरि १३ लाख ५० हजार रुपैयाँ लागतमा ट्याक्टर खरीद गरिएको महतोले जानकारी दिनुभयो ।
कृषक समूहकी अध्यक्ष दीपिका मल्ल महतोले कृषिमा जोताई खर्च धेरै हुन लागेपछि लागत घटाउन नगरपालिकासँग सहयोग माग गरिएको बताउनुभयो । बाहिरबाट ल्याउने ट्याक्टरलाई बढि भाडा दिनुभन्दा आफ्नै समूहमा भयो भने , लगानी कम हुने , समयमा पाइने र फुर्सदको समयमा अन्यत्र काम गरेर आम्दानी समेत हुने भएकाले समूहले पनि लगानी गरेर ट्याक्टर खरीद गरेको उहाँले बताउनुभयो । उहाँले तत्काल खनजोतमा प्रयोग गर्ने र पछि ट्रली समेत राखेर किसानकहाँ उत्पादन भएको कृषि उपज ढुवानीमा प्रयोग गर्ने योजना समेत समूहले बनाएको उहाँको भनाई छ ।
कार्यक्रममा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया थारु , प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |