२०७९ जेष्ठ १३, शुक्रबार
कावासोती । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवनको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काएर रिलिज एभिएरीमा (तार लाजीले बनाइएको खोर) चार महिना सम्म राहिएका १० वटा गिद्धलाई शुक्रबार प्राकृतिक बासस्थानमा छाडिएको छ ।
चार महिना सम्म अन्य बाहिरी गिद्ध र वातावरणसँग रिलिज एभिएरीमा राखि घुल मिल बनाएपछी गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको हो । प्रजनन केन्द्रमा हुर्किएका गिद्धलाई एकै पटक प्राकृतिक बासस्थानमा छाड्दा घुलमिल हुन नसक्ने भएकाले चार महिनासम्म रिलिज एभिएरीमा राखी अब बाहिरी वातावरणमा बाँच्न सक्छन् भन्ने भएपछि छाडिएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका सह सचिव उत्तम लामिछानेले बताउनुभयो । कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा गिद्धलाई छाडिएको हो ।
हाल सम्म कसरा स्थित प्रजनन केन्द्रमा हुकाईएका ४९ वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । २०७४ सालदेखि प्रजनन केन्द्रमा हुकाईएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाड्न सुरु गरिएको थियो ।
शुक्रबार छाडिएका १० वटै गिद्धको पखेटामा स्याटेलाईट ट्याग जडान गरिएको छ । गिद्धको उनीहरूको अवस्था, विचरण आदिको अनुगमनका लागि स्याटेलाईट जडान गरिएको बताउनुभयो ।
गिद्ध छाड्ने कार्यक्रम सह सचिव एवं कार्यवाहक अध्यक्ष उत्तम लामिछानेको अध्यक्षता , लामिचौर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष वासुदेव पौडेलको प्रमुख आतिथ्यता तथा विभिन्न संघ, सस्थाका प्रतिनिधिको उपस्थितिमा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |