२०७९ जेष्ठ १२, बिहिबार
कावासोती । कावासोतीमा जारी मेयर कम फुटबल प्रतियोगिता अन्र्तगत बिहीबार भएको सेमिफाइनलको दोस्रो खेलमा वडा नम्बर ४ विजयी भएको छ । कावासोती १ र ४ बिच भएको खेलमा १ लाई ५÷१ गोल अन्तरले पराजित गर्दै ४ ले फाइनल यात्रा तय गरेको हो । बिहिबारको खेलमा वडा नम्बर ४ का नवीन महतो म्यान अफ दि म्याच घोषित भए ।
यो सँगै उपाधिका लागि कावासोती वडा नम्बर ४ र ५ बिच भिडन्त हुने भएको छ । शनिबार दिउसो २ः३० मा फाइनल खेल हुने जनाइएको छ ।
शुक्रबार नगरपालिका जनप्रतिनिधि र कर्मचारी बिच तथा महिलाटिम गरि दुईवटा खेल हुने जनाइएको छ ।
विजयी हुने टिमले ५० हजार , उप विजेताले ३० हजार , सेमिफाइनलबाट बाहिरिने टोलीले १०÷१० हजार प्राप्त गर्नेछन् । यस्तै ट्रफी ,मेडल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्नेछन् । कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटीको सहआयोजना तथा कावासोती वडा न। १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |