२०७९ जेष्ठ १२, बिहिबार
कावासाेती । कावासोतीको भित्री सडकमा कार र ट्र्याक्टर ठोक्किँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरीका अनुसार आइतबार राति जिल्ला प्रशासन कार्यालयमा जाने सडकमा भएको दुर्घटनामा कारमा रहेका ६ जना घाइते भएका हुन् ।
घाइतेको कावासोतीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनायो । प्रहरीका अनुसार सख्त घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाउने तयारी भइरहेको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा कार चालक भरतपुर १० का अर्जुन पाठक, कारमा सवार भरतपुर २३ का कर्ण वहादुर स्याङ्तान, सुवास तामाङ, कल्पना तामाङ, १८ महिनाका वील्सना तामाङ र वर्दघाट वस्ने माया आले रहेका छन् । कावासाेती ३ संगम चाेक नजिक बा ६ च ९२२२ नम्वरको कार र लु ३ त ५१९९ नम्वरको ट्र्याक्टर ठोक्किएका हुन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |