२०७९ जेष्ठ १२, बिहिबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका स्थित विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका –५, लालेपुच्छर बस्ने ५० वर्षीय रुक बहादुर चौहान र उहाँकी श्रीमती ४५ वर्षीय डकुमाया चौहानको विनयी खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पाल्पा माथागढी ७ बाट घर फर्कने क्रममा विनयी खोलाले बगाई बेपत्ता भएका दुवै जनाको शव आज दिउसो विनयी त्रिवेणी गाउँपालिका, कुसुन्डे र लालेघाट स्थित विनयी खोलाको बिच भागमा ढुङगामा अड्केको अवस्थामा शव फेला परको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । पाल्पामा समेत उनिहरुको घर रहेको र पाल्पाबाट नवलपुर फर्किने क्रममा गएराति उनिहरुलाई खोलाले बगाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
यस्तै नारायणी नदिले बगाउदा एक जनको मृत्यु भएको छ । रूपन्देही बुटवल उप महानगरपालिका बेलबास बस्ने वर्ष ७८का मोहनलाल गैरे कावासोती नगरपालिका पिठौलीमा स्थित सप्तगण्डकी गंगा ज्योती स्नान गर्न जादा चिप्लिएर नदिमा डुब्दा मृत्यु भएको हो । प्रहरीले गैरेको शव कावासोती नगरपालिका–१२, पिठौलीघाट स्थित नारायणी नदिमा फेला पारेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |