• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ जेष्ठ १३, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीतिगण्डकीजनसंख्या मन्त्रालय
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

१७ घण्टा अघि
२

हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

१८ घण्टा अघि
३

निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

१ दिन अघि
४

अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

१ दिन अघि
५

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

२ दिन अघि
६

सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२ दिन अघि
७

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

२ दिन अघि
८

हवाई भाडा बढ्यो

२ दिन अघि
९

वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

३ दिन अघि
१०

बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

३ दिन अघि
११

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

३ दिन अघि
१२

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स, नेपालमा पनि आइपुग्ला ?

३ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

८ महिना अघि
२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ हफ्ता अघि
३

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

४ महिना अघि
४

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

९ महिना अघि
५

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ हफ्ता अघि
६

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

११ महिना अघि
७

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

७ महिना अघि
८

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
९

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

१ महिना अघि
१०

नवलपुरका युवाहरुले सञ्चालनमा ल्याए अम्रेला बृज ( फोटो फिचर )

१ साल अघि
११

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

११ महिना अघि
१२

कावासाेतीमा दुर्घटना :छ जना घाइते

४ महिना अघि

एमालेको टुटफुट र सङ्कटमा बामदेव गौतमको भूमिका

नरनाथ पाण्डे, नवलपुर प्रेस ८१८ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र १८, शुक्रबार (८ महिना अघि)

विषय प्रवेश
नेपालको राजनीतिक इतिहासमा यतिबेला विश्वकै सर्वशक्तिमान् कम्युनिष्ट पार्टी नेकपाको फुट संसारका लागि प्रमुख समाचार बनेर आएको छ । २००४ सालमा गठन भएको नेकपाले झापा आन्दोलन, विभिन्न प्रजातान्त्रिक आन्दोलन, पञ्चायत विरोधी आन्दोलन, विभिन्न चरणका जनआन्दोलन र जनयुद्ध समेत पार गर्दै गणतन्त्रको समयमा आइपुग्दा आफूलाई नेतृत्व गर्ने अवसर पाएको हो । संसारमा कम्युनिष्टहरूले शक्ति र बन्दुकको आडमा मात्र सत्ताकब्जा गर्ने हो, जनमतबाट असम्भव हुन्छ भन्ने कुरालाई मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिद्धान्तमा विचरण गर्दा त्यो भनाई असत्य सावित गराई नेकपाले जनमतबाटै सत्तामा पुगेको इतिहास रचेको थियो । जनमतबाट सत्तामा पुग्दा पनि करिब दुई तिहाइ बहुमतका साथ पुगेको भन्ने सन्देशले त संसारलाई नै अचम्मित पारेको थियो । दुई महाशक्ति राष्ट्र अमेरिका र भारतको लगभग प्रत्यक्ष दृष्टिमा नै कम्युनिष्ट नेपालबाट उदय हुनु पक्कै पनि सुखद समाचार थिएन । आखिर जुनसुकै हालतमा जसरी भएपनि साम, दाम, दण्ड, भेदका उपाय अपनाएर भएपनि यस्तो सरकार र कम्युनिष्टको बिगबिगीलाई अन्त गर्नुपर्छ भन्ने मनसाय अन्तर्राष्ट्रिय जगतको देखिन्थ्यो । वास्तवमा नेपालका कम्युनिष्ट पार्टीहरूबीचको मिलन हुनु सांसारिक चमत्कार एकातिर थियो भने यही कारण नै आखिर नेपालको दुई तिहाइको कम्युनिष्ट सरकार ढलाउन पर्याप्त आधार बनेर आएको कुरा बुझ्न सकिन्छ ।
यिनै परिवेशकाबिच देशी विदेशी शक्तिहरूले तासको घरजस्तो बनेको नेपाली कम्युनिष्टको एकतालाई खलबल पु¥याई पुरा ५ वर्ष अवधि पनि सरकारलाई काम गर्न नदिई ढलाउने काम भयो । त्यसका लागि केपी ओली र माधव नेपाल प्रमुख पात्र बनेर आएको कुरा छर्लङ्ग छ । सारमा यी दुई व्यक्तिको व्यक्तिगत ईर्ष्याको कारण पार्टी फुटको मूल आधार बन्न गयो र नेकपा फुटाएसँगै एमाले पनि फुटाउने षड्यन्त्र शुरु भएको कुरा बुझ्न गाह्रो छैन । नेकपा लगायत एमाले त फुट्यो तर त्यसका पछाडिका अन्य रहस्यहरू अरु आलेखमा पस्कने जमर्को गर्नेछु तर यस आलेखमा एमाले भित्रका एक हस्ती जसले एमाले फुट्दा पनि कुनै ठूलो भूमिका निभाउन नसकि फुटलाई बढावा दिएको देखिन्छ । ती व्यक्ति हुन् वामदेव गौतम । वामदेव गौतम र उनको भूमिका तथा राजनीतिक भविष्य समेतलाई यस आलेखमा चिरफार गर्ने प्रयास गरेको छु ।
वामदेवको विगत
कुनैबेला महाकाली सन्धी धोखा हो भन्दै राष्ट्रिय छवि बनाएर फरक सैद्धान्तिक धारलाई अडानका साथ पक्रेर अघि बढेका वामदेव गौतमले तत्कालिन पार्टी फुटाएर नेकपा माले बनाई असन्तुष्ट पक्षधरको ठूलो समूह लिएर आफ्नो शक्ति देखाउन सफल भएका थिए । तर उनै वामदेव यसपटकको एमाले पार्टी फुटिसक्दा पनि पार्टीमा गतिलो भुमिका निभाउन नसकि राजनीतिक भविष्य नै धरापमा पारेर बसेका देखिन्छन् ।
गत चुनावमा दुवै ठाउँबाट पराजित हुनु कतै वामदेवको भविष्य पतनतर्फ त गैरहेको छैन भन्ने कुरा अहिले आएर प्रमाणित हुन थालेको छ । ओली समूहसँग विद्रोह गर्दै माधव खेमामा उभिएका नेता कार्यकर्ताको ठूलो जमातलाई पनि विद्रोही स्वभाव भएका वामदेवले साथ दिन सकेनन् भने ओली समूहमा रहेर ओलीका कदममा साथ दिन पनि सकेनन् । यतिबेला उनी फरक धारको नेतृत्व गर्छु भनेर पार्टी एक गराउने आन्दोलनमा देखिएतापनि उनको भित्री ईच्छाले त्यो समेत काम गरिरहेको थिएन । उनी कहिले ओलीको बैठकतर्फ जान्थे भने कहिले माधव पक्षको भेलामा पनि पुग्थे । देशभरका नेता कार्यकर्ताले लगभग त्यतिबेलै कित्ताकाट गरी आफ्नो अस्तित्व बचाइरहेका बेला वा पार्टीलाई संकट परिरहेका बेला पनि बामदेवले संकट मोचन गर्न सकेनन् । दुवै पक्षलाई मिलाउने भित्री आकांक्षा पनि उनमा नभएको लक्षण देखिन्थ्यो । बरु कतातिरको पल्लाभारी हुन्छ त्यतैतिर आफू र आफ्नो सानो समूह जानसक्ने मौका पर्खिरहेका थिए । उनले त्यतिबेला गर्न नसकेको बोल्ड निर्णयका कारण वामदेव अहिलेसम्म पनि लगभग एक्लो रहेका छन् । पार्टीको फुटबाट पर्नसक्ने गम्भीर संकटको एकपटक सामना गरिसकेका वामदेवले यसपटक न त आफ्नो धारको छुट्टै पार्टी बनाउन सके न त कुनै समूहमा लाग्न सके । कता जाउँ भन्ने मन डुलाउँदै हिंडेका वामदेवले आफ्ना लागि ठूला ठूला बार्गेनिङ्ग दुवै पक्षतिर गर्न थाले । यसबाट उनको आकांक्षा प्रष्ट भएपछि ओली र माधव दुवै सशंकित भए । कुरा धेरै अघि बढिसकेको हुनाले उनलाई नै महत्व दिएर अघि बढ्नु आवश्यक दुवै पक्षले ठानेनन् । फलस्वरुप पार्टी अलग हुनै लाग्दा पनि उल्लेखनिय भूमिका वामदेवले निभाउन सकेनन् । आफ्नो छुट्टै समूह विभिन्न जिल्लामा समेत बनाइसकेका वामदेवले अन्तसम्म आफ्ना मान्छे जोगाउन पनि सकेनन् र अन्तमा यता न उताको भए ।
वामदेवको महत्वाकांक्षा
वामदेव गौतम नेपालको कम्युनिष्ट आन्दोलनका एक हस्ती हुँदाहुँदै एमालेको उपाध्यक्ष र उप प्रधानमन्त्रीसम्म पुग्न सके तर प्रधानमन्त्री बन्ने उनको आकांक्षा विगत निर्वाचनमा पराजय भएका कारण पुरा हुन सकेन । यसपटक उनले विजय हासिल गरेका भए प्रधानमन्त्रीको लागि बार्गेनिङ्ग गर्ने कुरा लगभग पक्कापक्की नै थियो । त्यसबाट ओली जस्ता महत्वाकांक्षी नेतालाई त ठिकै भयो तर वामदेवको जीवनमा ठूलो आकांक्षा पुरा नभएको अवस्था थियो । उनलाई कुनैपनि ठाउँको सांसद पद खाली गराई पुनः उपचुनाव गराई जिताएर सदनमा ल्याउने खेल पनि भए र उनको चरम ईच्छालाई लगभग पार्टीले स्वीकार गरिसकेको अवस्था पनि थियो । तर कार्यकर्ताहरुको व्यापक दबाबका कारण उनी आफैं उप चुनाव गराउन हच्किए र केही साख बचाए । यस्तैमा लगभग २ वर्ष व्यतित भएपछि बल्लतल्ल राष्ट्रिय सभामा उनलाई टेक्ने ठाउँसम्म पार्टीले राष्ट्रपतिबाट मनोनयन गर्ने एक मात्र पद दिई ठाउँ बनाइदियो र २ ठाउँबाट चुनाव हारेर संसद छिर्न नपाएको अवस्थामा त्यो अवसरलाई सहर्ष स्वीकार गरी राष्ट्रिय सभामा प्रवेश गरे । तर त्यहींबाट पनि वामदेवले कहिले राष्ट्रिय सभाको व्यक्ति पनि प्रधानमन्त्री बन्न पाउने कुरा उठाउँछन् भने कहिले यस्तै विवादित कुरा गरिरहेका छन् । त्यहाँ समेत उनले उच्च नेताको साख जोगाउन सके जस्तो लाग्दैन ।
पछिल्लो समय वामदेवले पार्टीमा रहेर आफ्ना कुरा नगरी पार्टी र देशलाई केन्द्रबिन्दुमा राखेर नेकपालाई फुट हुनबाट बचाउन सक्ने सम्भावना देखिन्थ्यो । प्रचण्डका निकट मानिने, राम्रो तर्कशक्ति भएका, अरुलाई राम्रोसँग संगठित गर्नसक्ने क्षमताको छवि उनमा थियो तर उनले त्यो अवसर देखाउन सकेनन् वा चाहेनन् । नेकपालाई फुटबाट जोगाउन सकेनन् त्यो आफ्नो ठाउँमा छ तर एमालेलाई समेत फुट हुन नदिन राम्रो भुमिका निर्वाह गर्नबाट उनी चुके । किनकि यतिबेला पार्टी फुट्नुपर्ने खास कारण नै केही थिएन । न त सैद्धान्तिक लडाईं थियो न त कुनै दुई पार्टीबिचको अन्तरद्धन्द्ध नै थियो । थियो त केवल २ जना व्यक्तिको व्यक्तिगत इगो र एकले अर्कोलाई पछार्ने वा बदला लिने मात्र उद्देश्य थियो । यस्तो बेलामा वामदेवले निकै चासो दिएर, दिनरात खटिएर, आफ्ना व्यक्तिगत आकांक्षालाई छाडेर ओली नेपाल दुवैलाई मिलाउन चाहेका भए सायद पार्टी फुट हुनबाट जोगिन पनि सक्थ्यो कि भनी अनुमान लगाउन सकिन्छ । तर त्यतिबेला वामदेवले फरक धारको समूह निर्माण गर्नतिर ध्यान दिए । उनलाई लागेको थियो कि एमाले तत्कालै फुटिहाल्न सक्दैन, लामो समय किचलो रहनसक्छ, बरु अर्ली अधिवेशन भई छिटो निकास निस्कन सक्छ । यो उपयुक्त अवसरमा पार्टीमा बसेर आफ्नो समूह निर्माण गरी पार्टी मिलाउने मध्यस्थकर्ताको निहुँमा काम गरेर शक्ति आर्जन गरेपछि आफूले चाहेको पद पाउन सकिन्छ भन्ने उनले सायद सोंचेको हुनुपर्छ । उनको यही सोंचाइले नै उनले पार्टीमा अथक प्रयास गरी पार्टी मिलाउन खोज्नुपर्नेमा त्यो गर्न सकेनन् । बरु यतिसम्म भन्न सकिन्छ कि वामदेवले त १० जना मध्यमार्गी नेताले जस्तो भुमिका पनि निभाउन सकेनन् ।
अन्तमा,
यसरी सरसर्ती हेर्दा वामदेवको व्यक्तिगत आकांक्षा, पार्टीमा आफ्नो मजबुत उपस्थिति, आगामी अधिवेशनबाट अध्यक्ष हुने र आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने उनको दृढ ईच्छा भएको हुनसक्छ । यस्तै कुराले गर्दा उनको सोंच टाढासम्म पुग्न सकेन र दोहोरो भुमिकामा देखापरे । यसको ज्वलन्त उदाहरण माधव पक्षमा आफ्नो श्रीमतीलाई सनाखत गराई आफुलाई कहिले ओलीतिर भन्न भ्याउँछन् भने कहिले माधवतिर नै हो भन्न भ्याउँछन् । हाल अब ओलीतिर छैन भनेर घोषणा गरेर माधवतिर लागेका वामदेव फेरि माधवतिर पनि धोखा भयो भनी छटपटाउन थालेको गुनासो सुनिन्छ । किनकि त्यहाँ पनि उनले हुने नहुने व्यक्तिगत आकांक्षाका कुराहरु राखेर ठूलै पद हात पार्न नसक्ने देखेपछि खटपट शुरु भैसकेको अनुमान लगाउन सकिन्छ । वामदेव गौतमका यस्तै गतिविधिका कारण कतै उनको राजनीतिक भविष्य अँध्यारो त हुने होइन भनी सहजै अनुमान लगाउन सकिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
बिचार तथा विश्लेषण सम्बन्धि थप
  • कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

  • हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

  • निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

  • अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

  • समाचार
  • १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन
    १७ घण्टा अघि

  • २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी
    १८ घण्टा अघि

  • ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला
    १ दिन अघि

  • ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा
    १ दिन अघि

  • ५

    नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित
    २ दिन अघि

  • ६

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
    २ दिन अघि

  • ७

    आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
    २ दिन अघि

  • ८

    हवाई भाडा बढ्यो
    २ दिन अघि

  • ९

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय
    ३ दिन अघि

  • १०

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण
    ३ दिन अघि

  • नवलपुर बिशेष
    १

    कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमको अनुगमन

    नवलपुर प्रेस
    २

    हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच सहित ६ जना बिरामी

    नवलपुर प्रेस
    ३

    निर्वाचन विशेष : नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दोहोरिए दुई महिला

    नवलपुर प्रेस
    ४

    अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा

    नवलपुर प्रेस
    ५

    वडा अध्यक्ष गिरीद्धारा पदभार ग्रहण : पहिलो बैठकबाट गरिए चार निर्णय

    नवलपुर प्रेस
    ६

    बौदीकालीमा पहिलो निर्णयः प्राविधिक शिक्षामा जोड, एम्बुलेन्स खरिद देखी सरकारी, सार्वजनिक जग्गा संरक्षण

    नवलपुर प्रेस
    ७

    हावाहुरीले पुर्याएकाे क्षतिकाे मेयर भुसालद्वारा निरिक्षण

    नवलपुर प्रेस
    ८

    निर्वाचन विशेष : नवलपुरमा गत निर्वाचनमा हार बेहोरेका, अहिले भए विजयी

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution