• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०७९ अषाढ १५, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडपालिका विशेषसाहित्यनिर्वाचन विषेशनवलपुरनवलपरासीराजनीति
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

५ घण्टा अघि
२

सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

६ घण्टा अघि
३

बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

१४ घण्टा अघि
४

ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन

१ दिन अघि
५

जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

१ दिन अघि
६

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

३ दिन अघि
७

कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

३ दिन अघि
८

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

३ दिन अघि
९

गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

३ दिन अघि
१०

बिसालटारमा वृहत दाँत तथा आँखा शिविर

५ दिन अघि
११

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

५ दिन अघि
१२

कुमारवर्ती बहुमुखी क्याम्पसले प्राप्त गर्यो क्युएए

५ दिन अघि

धेरै पढिएका

१

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

९ महिना अघि
२

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

६ दिन अघि
३

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ महिना अघि
४

मध्यविन्दुमा फेरी बाघले मान्छेलाई गर्यो आक्रमण

५ महिना अघि
५

यात्रु झुक्याउँछन् नवलपुरमा चल्ने स्थानीय रुटका बस !

३ हफ्ता अघि
६

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध, अविरल वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबान

१0 महिना अघि
७

नेपाली काङग्रेसको गढ बुलिङटार पाँचमा नेकपा एमालेको प्यानल विजयी

१ महिना अघि
८

कावासोतीका भूमिहिनको हातमा अब चाडैं जग्गाधनी पुर्जा !

१ साल अघि
९

विनयी खोला तर्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु

८ महिना अघि
१०

कावासोतीमा संक्रमितकालागि निशुल्क एम्बुलेन्स, प्रत्यक वडामा स्वास्थ्यकर्मी परिचालन

१ साल अघि
११

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

२ महिना अघि
१२

कावासोतीका ५ वटा चोरीका घटनामा संलग्न चोर पक्राउ

१ साल अघि

मंगल ग्रहको सतहमा चिनियाँ रोभर अवतरण

नवलपुर प्रेस ६६५ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ ११, मंगलबार (१ साल अघि)

काठमाडौँ — अमेरिकापछि मंगल ग्रहको सतहमा रोभर अवतरण गराउने चीन दोस्रो मुलुक बनेको छ । चीनको चुरोङ रोभरले मंगल ग्रहमा अवतरण गरेको हो ।

करिब सात महिनाको अन्तरिक्ष यात्रापछि उक्त रोभर मंगल ग्रह पुगेको थियो । मंगल ग्रहको कक्षमा तीन महिनासम्म परिक्रमा गरेर शुक्रबार चुरोङ रोभर मंगल ग्रहको सतहरमा सफलतापूर्वक अवतरण गरेर नयाँ इतिहास कायम राख्न सफल भएको हो । चिनियाँ भाषामा चुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रुप हो ।

सन् २०२०को जुलाईमा चीनले मंगल ग्रह तियान्वेन-१ मिसन सञ्चालन गरेको थियो । चीनको यो सफलतालाई अन्तरिक्ष खोजमा ठूलो सफलताको रुपमा लिइएको छ ।

चीनले तियान्वेन मिसनबारे थोरै जानकारी मात्र सार्वजनिक गरेको छ । तर यो रोभरले ‌मंगल ग्रहको सतहको नक्सांकन र त्यहाँ जीवको अस्तित्वको खोज गर्नेछ । तियान्वेन-१ यानमा एउटा अर्बिटर,ल्यान्डर र रोभर छ ।

चीनको नेसनल स्पेस एड्मिनिस्ट्रेसले शुक्रबार एक विज्ञप्ति मार्फत तियान्वेन-१ले अवस्था सामान्य रुपमा रहेको र काम गरिरहेको जनाएको थियो । अघिल्लो वर्ष प्रक्षेपण भएपछि तियान्वेन-१ले धेरै मात्रामा वैज्ञानिक तथ्यांक संकलन गरिरहेको चीनले जनाएको छ ।

चीनको यो रोभर मंगल ग्रहको उत्तरी गोलार्धस्थि युटोपिया प्‍लेनेसिया भू-भागमा अवतरण गरेको हो । त्यहाँबाट पृथ्वीमा रेडियो सन्देश पुर्‍याउन करिब १८ मिनेट लाग्छ । पृथ्वी र मंगल ग्रहबीचको दूरी ३२ करोड किलोमिटर छ ।

नासाको साइन्स मिसन डाइरेक्टरेट थोमस जरबुचेनले चिनियाँ स्पेस एजेन्सीलाई रोभर ल्यान्ड भएको केही समयमा नै बधाई दिएका छन् । उनले विश्वका सबै वैज्ञानिक जगतले स‌ंयुक्त रुपमा काम गर्ने हो भने मंगल ग्रहमा अझ विस्तृत रुपमा बुझ्ने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ मंगल मिसनलाई अन्तरिक्ष अन्वेषणको एक महत्वपूर्ण हिस्साको रुपमा लिइएको छ । सन् २०२०मा चिनियाँ यानले चन्द्रमामा अवतरण गरेर केही नमुना लिएर पृथ्वीमा फर्किएको थियो । उक्त मिसनपछि अमेरिका र सोभियत युनियनपछि चन्द्रमाबाट लुनर नमुना लिएर फर्कने तेस्रो मुलुक बनेको थियो ।

यो वर्षको अप्रिलको अन्त्यमा पनि चीनले आफ्नो छुट्टै अन्तरिक्ष केन्द्रका लागि पहिलो मोड्युल पृथ्वीको कक्षमा पठाएको थियो । उक्त प्रक्षेपणका क्रममा एउटा रकेट अनियन्त्रित भएर हिन्द महासगरमा खसेको थियो ।

चीनको चुरोङ रोभरका अलावम यो वर्ष मंगल ग्रहमा नासाको पर्सिभरेन्स रोभर पनि अवतरण गरेको थियो । गत फेब्रुअरी १८मा पर्सिभरेन्स रोभरले मंगल ग्रहको सतहलाई छोएको थियो । हाल उक्त रोभरले मंगल ग्रहमा खोज तथा अनुसन्धान गरिरहेको छ । पर्सिभरेन्स रोभरसँगै रहेको नासाको इन्जिन्युटी हेलिकप्‍टरको पनि सफल परीक्षण भएको छ । इन्जिन्युटी हेलिकप्टर पृथ्वी बाहिर अन्य कुनै ग्रहको सतहमा उड्ने संसारकै पहिलो यान बनेको छ ।

सन् २०२१को फेब्रुअरीमै यूएईको होप यान मंगल ग्रहको कक्षमा प्रवेश गरेर नयाँ कीर्तिमान कायम गरेको थियो । यूएई मंगल ग्रहको कक्षमा आफ्नो यान पुर्‍याउने यूएई संसारको पाचौं मुलुक बनेको छ । उक्त यान मंगल ग्रहलाई परिक्रमा गरेर त्यसको वायुमण्डल अध्ययन गर्नका लागि तयार गरिएको थियो ।

ई कान्तिपुरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
खोज तथा अनुसन्धान सम्बन्धि थप
  • गुगलको नयाँ अपडेट, पासवर्ड लिक भएमा सचेत गराउने

  • कावासोतीमा सञ्चालनमा आयो फुडएपिक एप , घरघरमै सामाग्री पुर्याउने

  • धौवादी फलाम खानीको सम्भाव्यता अध्ययन गर्न ६ कम्पनी छनोट

  • एक हजारलाई किन लेखिन्छ 1k ? यस्तो छ अर्थ

  • समाचार
  • १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा
    ५ घण्टा अघि

  • २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै
    ६ घण्टा अघि

  • ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द
    १४ घण्टा अघि

  • ४

    ऋिसिङका राम बहादुर श्रेष्ठ २३दिन देखि सम्पर्क बिहिन
    १ दिन अघि

  • ५

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी
    १ दिन अघि

  • ६

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी
    ३ दिन अघि

  • ७

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान
    ३ दिन अघि

  • ८

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते
    ३ दिन अघि

  • ९

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्
    ३ दिन अघि

  • १०

    बिसालटारमा वृहत दाँत तथा आँखा शिविर
    ५ दिन अघि

  • नवलपुर बिशेष
    १

    एमाले कावासाेतीले गर्याे स्थानीय निर्वाचनको समिक्षा

    नवलपुर प्रेस
    २

    सभापति चाेकमा भत्केको बाटाे ढलान गरिदै

    नवलपुर प्रेस
    ३

    बाढीले डाइभर्सन बगाउँदा नवलपरासी पूर्व नवलपुर खण्ड बन्द

    नवलपुर प्रेस
    ४

    जननेता मदन भण्डारीको जन्मजयन्तीमा नवलपुरमा बिचार गोष्ठी

    नवलपुर प्रेस
    ५

    किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    नवलपुर प्रेस
    ६

    कावासाेती खानेपानी संस्थाकाे कार्य क्षेत्र भित्रका जनप्रतिनिधिलाई बधाई तथा सम्मान

    नवलपुर प्रेस
    ७

    कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    नवलपुर प्रेस
    ८

    गाई पुर्‍याउन गएका कृष्ण २० दिनसम्म पनि फर्किएनन्

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution